भोलि शनिबार खण्डग्रास चन्द्र ग्रहण

पर्वत।

भोलि कार्तिक ११ गते शनिबार आश्विन शुक्ल पूर्णिमाका दिन खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ ।  नेपाल पञ्चांग निर्णायक विकास समितिले सो जानकारी दिएको हो ।

राति १:१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४:१९ बजेदेखि सुरु हुने छ भने राति २:३८ बजे ग्रहणको मोक्ष अर्थात समाप्त हुने छ ।

ग्रहणका बेलामा नित्य र नैमित्तिक कर्म गर्नु हुन्छ । विशेष कामना राखेर गरिने कर्म भने गर्नुहुँदैन । यो चन्द्रग्रहण २०८० मा लाग्ने एउटै ग्रहण भएको समितिले जनाएको छ ।

दिउँसो ४:१९ बजेदेखि बाल, वृद्ध र बिरामी बाहेकलाई भोजन निषेध गरिएको छ । ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय मान्यता रही आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *