भ्रष्टाचारीलाई आजीवन जेल सजाय हुनुपर्ने सांसद गिरीको माग

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले भ्रष्टाचार गर्नेहरुलाई आजीवन जेल सजाय हुने प्रावधान राख्नुपर्ने माग गरेका छन् । मंगलवार बसेको प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक, २०७७ माथिको छलफलमा भाग लिँदै भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक, २०७७ मा भ्रष्टाचार गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउने र शिर निहुरिएर हिँड्नुपर्ने ठाउँमा पु¥याउने किसिमबाट कानुनहरू निर्माण गर्न आवश्यक रहेको बताए ।   उनले भ्रष्टाचारीहरुलाई आवश्यक परे सर्वश्वहरणसमेत गर्नेगरी विधेयक ल्याइनुपर्ने बताए ।  प्रमुख सचेतक गिरीले देश एक प्रकारले भ्रष्टाचारले कंगाल भएको र जनतामा निराशा बढेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *