मनाङ एयरकाे हेली कप्टर सोलुखुम्बुमा दुर्घटनाग्रस्त

काठमाडौं ।

मंगलबार विहानदेखि बेपत्ता भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकप्टर सोलुखुम्बुको लाम्जुराबाट सम्पर्कविहीन भएको थियो ।

लाम्जुरापास क्षेत्रको लिखु पिके गाउँपालिका-५ मा हेलिकप्टर दुर्घटनाग्रस्त भएको अवस्थामा भेटिएको छ ।

घटनास्थलमा पुगेको प्रहरीका अनुसार अहिलेसम्म ५ वटा शव भेटिएको छ भने उनीहरुको पहिचान भएको छैन । उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु थिए । प्रहरीले घटनास्थलमा उद्धारको काम सुरु गरिसकेको छ ।

मनाङ एयरको ९ एनए–एमभी कलसाइन भएको हेलिकप्टर बिहान १० बजेर १ मिनेटपछि सम्पर्कविहीन बनेको थियो ।

अहिले दुर्घटनास्थलमा काठमाडौंबाट गएको अल्टिच्युड एयरको हेलिकप्टर पनि अवतरण गरेको छ । हेलिकप्टरमा उद्धारकर्मीहरू सवार छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *