मन्त्री परिषद बैठकको निर्णय : शिक्षक अस्पताल भरतपुरमा बनाउने, डा. शिलु मानन्धर उपकुलपतिमा नियुक्त

काठमाडौं।

सरकारले भरतपुरमा शिक्षक अस्पताल निर्माणका लागि स्वीकृति दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चितवनको भरतपुर महानगरपालिका वडा १५ मा शिक्षक अस्पताल निर्माण गर्न स्वीकृति दिएको एक मन्त्रीले जानकारी दिए।

त्यस्तै खुला विश्वविद्यालयका उपकूलपतिमा डा. शिलु मानन्धर नियुक्त भएकी छन्। मन्त्रिपरिषद् बैठकले मानन्धरलाई नियुक्त गर्ने निर्णय भएको ती मन्त्रीले बताए। खुला विश्वविद्यालको उपकूलपतिका लागि तीन जनाको नाम सिफारिस गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *