काठमाडौं।
मौरिससविरुद्धको आजको मैत्रीपूर्ण खेलमा नेपाल १-० ले विजयी भएको छ। नेपालका लागि अञ्जान विष्टको पासमा विमल घर्तिमगरले गोल गरेका हुन्।
उनले ५५औं मिनेटमा गोल गरेका थिए । पहिलो हाफसम्म बराबरीमा रोकिएको नेपालले ५५औं मिनेटमा अग्रता लिन सफल भएको थियो ।