माेदी, पर्वत ।
मध्यपहाडी राजमार्गको पोखरा–पर्वत खण्डकाे मोदी गाउँपालिका–६ स्थित महभिरमा सडक माथिबाट ढुङ्गा खसेर अबरुद्ध भएको सडक सुचारु भएको छ । गए रातिदेखि परेको भारी वर्षाका कारण बिहानपख भिरबाट पहिरो खसेर सडक पुरिएको थियो । सडक अबरुद्ध भएपछि सवारी साधनहरु बेतेनी र डिमुवामा रोकिएका थिए ।
तत्काल सुरक्षाकर्मी परिचालन गरी पहिरो हटाएर सवारी साधन संचालनमा आएको देउपुर प्रहरी चौकी डिमुवाका इन्चार्ज तोरणधवज पौडेलले जानकारी दिनु भयो ।
यस पटकको वर्षातमा यो सडक खण्डमा पहिरो जाने क्रम बढिरहेको हुँदा पानी परेको बेला यात्रा गर्दा सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ ।