माेदी, पर्वत ।
मध्यपहाडी राजमार्गको पोखरा–पर्वत खण्डकाे मोदी गाउँपालिका–६ स्थित महभिरमा पहिरो जाँदा सडक अबरुद्ध भएको छ । गए रातिदेखि परेको भारी वर्षाका कारण बिहान करिब सात बजे ठूलो आवाज सँगै पहिरो गएर सडक पुरिएको छ । सडक अबरुद्ध भएपछि सवारी साधनहरु बेतेनी र डिमुवामा रोकिएका छन् ।
लगातार वर्षा भै रहेकोले पहिरो हटाएर सवारी साधन संचालनमा ल्याउन कठिन भै रहेको देउपुर प्रहरी चौकी डिमुवा ले जानकारी दिएको छ ।