माेदी , पर्वत ।
जिल्लाकाे माेदी गाउँ पालिका भित्रका सम्पूर्ण महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि योग तथा प्राकृतिक चिकित्सा सम्बन्धी अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भएको छ । मङ्सिर २१ र २२ गते दुइ दिन सम्म चलेकाे साे कार्यक्रममा प्राकृतिक चिकित्सा एम.डी. डा.संगम पुरीको मुख्य प्रशिक्षण र लक्ष्मण पुरीको सहायक प्रशिक्षण रहेको थियाे ।

कार्यक्रममा गाउँ पालिका अध्यक्ष प्रेम पाैडेल, उपाध्यक्ष सेती महत, प्रमुख प्रशासकीय अधिकृत किसान बहादुर क्षेत्री,कार्यपालिका सदस्य लक्ष्मी वि.क र स्वयम् सेविकाको तर्फबाट देवी लामिछानेले मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम संचालन मोदी गाउँ पालिकाका कविराज प्रकाश चन्द्र सुबेदीले गर्नु भएको थियो ।

सहभागी सम्पूर्ण महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई योग,आयुर्वेद,प्राकृतिक चिकित्सा,रोग निदान उपचार सहित आयुर्वेदिक जडीबुटीको समग्र उल्लेख गरिएको थियाे । साेही अबसरमा प्राकृतिक चिकित्सा बिज्ञान पुस्तक समेत वितरण गरिएको थियाे ।







