शिक्षक सेवा आयोगले आगामी चैत्र १५ गते बिहान ११ बजेदेखि सामान्य परीक्षा सञ्चालन गर्ने गरी माध्यमिक तहमा खुला तर्फको विज्ञापन गरिसकेको छ ।
आयोगले पहिलो पटक लोक सेवा आयोगले जस्तै सामान्य परीक्षा पास हुनेलाई मात्र विषयगत परीक्षामा सामेल गराउँदै छ । आयोगले सो परीक्षामा पूर्णांक १०० र उत्तीर्णांक ५० तय गरेको छ ।


