माेदी, पर्वत ।
मोदी गाउँपालिकाको आयोजनामा भोलि कार्तिक २८ गते आइतबार सार्वजनिक सुनुवाई कार्यक्रम हुने भएको छ ।
आर्थिक बर्ष २०७७ / ७८ र २०७८ / ७९ को पहिलो चौमासिकमा भएका बिकास निर्माण र सेवा प्रवाह लगायतका बिषयमा सो कार्यक्रमको आयोजना गरिएको गाउँ पालिकाले जनाएको छ ।
कार्यक्रम मोदी सभाहल पातिचौरमा बिहान ११ बजे शुरु हुने आयोजकले जनाएको छ । सार्वजनिक सुनुवाइको सहजीकरण नेपाल पत्रकार महासंघ पर्वत शाखाले गर्ने भएको छ ।
यसैबीच उक्त कार्यक्रममा गाउँ पालिकास्थित सम्पूर्ण सरोकारवालाहरुलाई उपस्थितिको लागि आयोजकले अनुरोध गरेको छ ।
