पर्वत ।
उद्यम दिबस २०७८ काे अबसरमा मोदी गाउँपालिकाकाे आयोजनामा आज देखि ३ दिने प्रदर्शनी एवं विविध सांस्कृतिक कार्यक्रम शुरू भएकाे छ । “स्थानीय कला संस्कृतिको सम्बर्दन, कृषि उद्योग व्यापार तथा पर्यटनको प्रबद्र्धन भन्ने नाराका साथ सभाहल परिसरमा संचालन भैरहेकाे उक्त प्रदर्शनीमा गाउँ पालिका भित्रका स्थानीय उद्यमीहरुले उत्पादन गरेका सामग्रीहरु राखिएकाे छ ।
प्रदर्शनीमा स्थानीय होम स्टेहरुबाट निर्मित खानाका परिकारहरु, व्यवसायिक स्टलहरु, लघु उद्यम , कृषि, पशु तथा स्थानीय हस्तकलाका सामग्रीहरु राखिएकाे छ ।
कार्यक्रमकाे पहिलाे दिन स्थानीय महिला समूहहरु, कृषक समूहहरू, बाजा समूहहरू, हाेम स्टे तथा उद्यमीहरु लगायतको सहभागितामा बृहत र्याली प्रदर्शन भएकाे छ ।
बृहत र्याली तथा प्रदर्शनीका केही झलकहरु
















































