माेदीमा सामाजिक समस्या विरुद्द चेतनामुलक सडक नाटक प्रदर्शन

माेदी, पर्वत ।
जातिय भेदभाव तथा छुवाछुत, लैङ्गिक हिंसा, वाल विवाह, धूम्रपान, मद्यपान, दाइजो लगायतका विभिन्न सामाजिक समस्या विरुद्द चेतनामुलक सडक नाटक” बिहीबार माेदी गाउँपालिकाका बिभिन्र वडाहरूमा प्रदर्शन गरिएको छ ।
May be an image of 14 people, child, people sitting, people standing and outdoors
पहिलाे  दिन गाउँपालिकाकाे वडा नं १ काे लप्सीबाेट , वडा नं २ काे जननेत्र मावि कडेन र  वडा नं ३ काे पूर्ण गाउँमा  उक्त नाटक प्रदर्शन  गरिएकाे थियाे ।  नाटक हेर्नकाे लागि सयाैकाे संख्यामा स्थानीय व्यक्तिहरू, शिक्षक, बिद्यार्थीहरूकाे  बाक्लाे उपस्थिति रहेकाे थियाे ।
May be an image of 6 people, people standing and outdoors
मोदी गाउँपालिकाकाे आयाेजना तथा मोदी दलित सञ्जालकाे र समन्वयमा साे नाटक मञ्चन  गरिएकाे हाे । नाटकमा  बुहारी टेली चलचित्रमा आबद्द कलाकारका साथै नायिका दिपिका थापा, राजु श्रेष्ठ, रोहानी लामा, सुरेश असिम लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
May be an image of 3 people, people standing and outdoors
जनचेतनामुलक उक्त नाटक  गाउँपालिकाका  आठ वटै  वडाका दश स्थानमा चार दिन सम्म प्रदर्शन  हुने गाउँ पलिकाका अध्यक्ष प्रेम पाैडेलले जानकारि दिनुभयाे ।
May be an image of 10 people, people standing and outdoors
May be an image of text
May be an image of 8 people, people standing and outdoors
May be an image of 10 people, people standing and outdoors
May be an image of 5 people, people standing and outdoorsMay be an image of 7 people, people standing and outdoors

Leave a Reply

Your email address will not be published. Required fields are marked *