मोदी , पर्वत ।
पर्वतको मोदी गाउँपालिकाले बजार क्षेत्रमा सिसी क्यामेरा जडान कार्यलाई तीब्रता दिएको छ ।
मध्यपहाडी लोकमार्ग चार लेनमा विस्तार भएसंगै पातीचौर र डिमुवा बजारमा सिसी क्यामेरा जडान गर्न लागिएको हो ।
राजमार्ग र बजार क्षेत्रको विस्तार सँगै बढ्न सक्ने चोरी डकैती, सडक दुर्घटना लगायत गैरकानूनी क्रियाकलापको न्यूनिकरणका लागि सिसीटिभी जडान गर्न थालिएको हो ।
यस अघि प्रहरी र स्थानीय बजारवासीको सक्रियतामा जोडिएका सिसीटभी लामो समय मर्मत नुहँदा विग्रिएका थिए ।
अहिले मोदी गाउँपालिकाको लगानीमा विभिन्न स्थानमा ८ वटा क्यामेरा राखिने मोदी गाउँपिालकाका प्रमुख प्रशासकिय अधिकृत किसानबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सिसीक्यामेरा जडानपछि बजार क्षेत्र थप व्यवस्थित र सुरक्षित हुन अपेक्षा गरिएको छ ।
गाउँपालिकाले गत वर्ष डिमुवा बजारमा सोलार बत्ति जडान गरेको थियाे भने यस वर्ष पातिचौर बजारमा समेत सोलार बत्ति जडान गरिने योजना रहेको क्षेत्रीले बताउनुभयो ।
पातीचौर र डिमुवा बजार गाउँपालिकाको मुख्य व्यापारिक केन्द्र हो । गाउँपालिकाको कार्यालय पातीचौर बजारमा रहेको छ ।