माेदी, पर्वत ।
मोदी गाउँपालिकाको अध्यक्ष पदमा बिभिन्न दल तथा स्वतन्त्र गरी ७ जना र उपाध्यक्ष पदमा ४ जनाको उम्मेदबारी दर्ता भएको छ ।
निर्वाचन कार्यालय, पातिचौरले दिएको जानकारी अनुसार नेकपा एमालेको तर्फबाट मोदी गाउँपालिकाको अध्यक्ष पदमा हिरादेवी शर्मा र उपाध्यक्ष पदमा बिमल लामिछानेले उम्मेदवारी दर्ता गरेका हुन् । अध्यक्ष शर्मा एमाले प्रदेश कमिटि सदस्य हुन भने लामिछाने एमाले जिल्ला उप सचिव तथा मोदी गाउँपालिका वडा न ६ तिलाहारका निबर्तमान वडाध्यक्ष हुन् ।

त्यसैगरी गठबन्धनको तर्फबाट अध्यक्ष पदमा नेकपा माओबादी के्न्द्रका गुप्त बहादुर ठकुरी, उपाध्यक्षमा नेपाली काग्रेसबाट राम बहादुर प्रसाईंले उम्मेदबारी दर्ता गराएका छन् । ठकुरी माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं पर्वत जिल्ला इन्चार्ज हुन् भने प्रसाई नेपाली कांग्रेस निकट शिक्षक संघका पूर्व जिल्ला उपाध्यक्ष एवं युवा नेता हुन् ।

गाउँपालिकाको अध्यक्ष पदमा जनता समाजबादी पार्टीको तर्फबाट डम्बर बहादुर केसी , राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट बिशाल महत र मंगोल नेशनल अर्गनाइजेसनको तर्फबाट हिरा बहादुर पूर्जा पुनले मनोनयन दर्ता गराएका छन् । स्वतन्त्र उम्मेदबारको रुपमा गंगादेबी तिमिल्सिना शर्मा र कृष्ण बहादुर विकले मनोनयन दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ । त्यसै गरी उपाध्यक्ष पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट पर्वतमाला केसी र मंगोल नेशनल अर्गनाइजेसनको तर्फबाट कल्पना पूर्जा पुनले मनोनयन दर्ता गराएका छन् ।
एमालेले मोदी गाउँपालिकाका ८ वटै वडाहरुका वडा अध्यक्ष र सदस्यहरुको समेत मनोनयन दर्ता गराएको छ भने गठबन्धनको तर्फबाट नेपाली कांग्रेसले ६ वटा वडामा वडाध्यक्ष र माओबादी केन्द्रले वडा नं १ र८ मा गरी दुई वटा वडाध्यक्षमा मनोनयन दर्ता गराएको छ ।
एमालेको तर्फबाट मोदी गाउँपालिका वडा न १ मा टेकबहादुर गुरुङ, वडा न २ मा बेलबहादुर कार्की वडा न ३ मा देवेन्द्रबहादुर क्षेत्री, वडा न ४ मा टिका पुन, वडा न ५ मा तेजबहादुर क्षेत्री, वडा न ६ मा नन्दलाल सुवेदी, वडा न ७ मा दुर्गा प्रसाद शर्मा गौतम र वडा न ८ मा सुकबहादुर गुरुङले वडा अध्यक्षमा उमेदवारी दर्ता गराएका छन् ।

गठबन्धनको तर्फबाट वडा नं १ को वडाध्यक्षमा माओबादी केन्द्रका चिजकाजी गुरङ, वडा नं २ मा नेपाली कांग्रेसका सुरेश राज शर्मा चापागाई , वडा नं ३ मा अमृत चापागाई मोदि ४ मा मोहन पुन, वडा नं ५ मा मानबहादुर अधिकारी , वडा नं ६ मा दिपेन्द्र जङ्ग लामिछाने , वडा नं ७ मा नारायण गौतम र वडा नं ८ मा माओबादी केन्द्रका राजु सुनारले मनोनयन दर्ता गराएका छन् ।

त्यसैगरी स्वतन्त्र बाट वडा नं १ काे अध्यक्षमा शान्त बहादुर गुरुङ, वडा नं २ मा धर्म प्रसाद पौडेल, वडा नं ३ मा तिलोचन शर्मा र वडा नं ८ मा देउ कुमारी गुरुङले स्वतन्त्र उम्मेदबारी दिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट वडा नं ७ मा मन बहादुर क्षेत्री, वडा नं ५ मा लालु प्रसाद पौडेल र वडा नं ३ मा रेशमलाल शर्माले वडाअध्यक्षको लागि उम्मेदबारी दिएका छन् । त्यसै गरी मंगोल अर्गनाइजेसनले वडा नं ४ मा बाल कुमार पुनलाई वडाध्यक्षको रुपमा उठाएको छ । राष्ट्रिय जनमोर्चाले वडा नं ६ मा जीत बहादुर लामिछानेलाई र जनता समाजबादीले वडा नं ६ मा कृष्ण बहादुर केसी र वडा नं ७ मा सन्तोष कुमार गुरुङलाई उठाएको छ ।
यसैबीच मोदी गाउँ पालिकाको वडा नं ४ मा दलित महिला सदस्यमा नेकपा एमालेको तर्फबाट मात्र उम्मेदबारी दर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ । सो पदमा लक्ष्मी विकको मात्र उम्मेदबारी मनोनयनका लागि दर्ता भएकोले उनी निर्बिरोध निर्वाचित हुने भएकी छन् ।
२०७४ सालको निर्वाचनमा यस गाउँपालिकामा एमालेले ७ वटा वडाहरु सहित अध्यक्ष र उपाध्यक्ष पदमा निर्वाचन जितेको थियो भने वडा नं १ मा नेपाली काँग्रेसले वडाध्यक्ष जितेको थियो ।