मुडाले च्यापेर ३० महिने बालकको मृत्यु

पर्वत : पर्वतको फलेवास नगरपालिका–५ खानीगाउँमा काठको मुडाले च्यापेर ३० महिने एक बालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार चितवनको माडी नगरपालिका–२ घर भई फलेवासस्थित प्रतिमा सुनारको घरमा डेरा गरी बस्दै आएका डिलकुमार मगरको ३० महिने छोरा सुसान मगरको आइतबार साँझ मृत्यु भएको हो।

घर बनाउने काठ राखिएको थुप्रोमुनि खेलिरहेका बालकलाई एक्कासी काठहरू पल्टिएर च्याप्दा गम्भीर घाइते भएको र उपचारका लागि जिल्ला अस्पताल पर्वतमा ल्याउँदै गर्दा उनको मृत्यु भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *