मोदिमा भदौ ५ गते देखि स्थानिय पाठ्यक्रमको पढाई शुरु

मोदि गाउँपालिकामा स्थानिय पाठ्यक्रम : हाम्रो मोदि बिमोचन तथा सार्बजनिक भएको छ । गाउँपालिकाले आधारभुत तह(१–८) मा भोलि देखि लागू हुने गरेर आज पुस्तक विमोचन गरेको हो । मोदि गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख झकप्रसाद गौतम संयोजक रहेको १३ सदस्यीय कार्यदलले ४ महिना लगाएर निर्माण गरेको हो । पाठ्यक्रम कार्यपालिकाबाट स्वीकृत भए संगै आज बिमोचन भएको छ । पुस्तक भोलि देखि सबै आधरभुत बिधालयमा लागू हुने गाउँपालिका अध्यक्ष हिरादेवी शर्माले जानकारी दिईन । स्थानिय पाठ्यक्रमले केन्द्रिय पाठ्यक्रमले समेट्न नसकेका स्थानिय बिसय बस्तु समेट्ने अध्यक्ष शर्माको भनाई छ । स्थानीय पाठ्यक्रमले स्थानिय स्तरमा रहेका मुल्य मान्यता, कला संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्दै आगामी पुस्तामा हस्तान्तरण गर्न स्थानिय पाठ्यक्रम सहयोगी बन्ने छ विश्वास गाउँपालिका उपाध्यक्ष बिमल लामिछानेले ब्यक्त गरे । गाउँपालिकाले आज एक कार्यक्रमका वीचमा उक्त पुस्तक सार्वजनिक गरेको हो । स्थानीय तह सञ्चालन ऐनले स्थानीय पाठ्यक्रम गाउँपालिका आफैले निर्माण गर्न सक्ने प्रावधान राखेको हो । सोहि बमोजीम गाउँपालिका भित्रको चिनारीलाई समेत विद्यार्थीहरु माझ प्रस्तुत गर्ने उद्देश्यले पाठ्यक्रमको निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल गौतमले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *