मोदीको अध्यक्षमा हिरादेबी शर्मा र उपाध्यक्षमा विमल लामिछाने निर्वाचित

पर्वत।

स्थानीय तहको निर्वाचन अन्तर्गत मोदी गाउँपालिकामा नेकपा(एमाले)का उम्मेदवारहरु बिजयी भएका छन्  । गए राती सम्पन्न भएको मतगणनामा   एमालेकाे तर्फबाट अध्यक्षमा हिरादेबी शर्मा र उपाध्यक्षमा बिमल लामिछाने फराकिलो मतान्तर सहित बिजयी भएका हुन ।

अध्यक्ष पदमा बिजयी शर्माले ६ हजार ११ मत प्राप्त गर्नु भएको छ  भने उहाका निकटतम प्रतिद्वन्दी गठबन्धनका तर्फबाट माओबादी केन्द्रका उमेदवार गुप्तबहादुर ठकुरीले ४ हजार ६ सय ८० मत प्राप्त गर्नु भएको छ ।

उपाध्यक्षमा बिजयी भएका नेकपा एमालेका युवा नेता बिमल लामिछानेले ६ हजार ३ सय ३ मत प्राप्त गर्नु भएको छ भने उहाँका निकटतम प्रतिद्वन्दी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका रामबहादुर प्रसाई(जीवन)ले ४ हजार ६ सय ५४ मत प्राप्त गर्नु भएको छ।

 मोदी गाउँपालिकाकाे १,२,३, ७ र ८ मा एमाले प्यानल सहित बिजयी भएको छ भने वडा नं ४, ५ र ६ मा गठबन्धनको तर्फ बाट नेपाली कांग्रेसका वडा अध्यक्षहरु बिजयी भएका छन् ।

नेकपा(एमाले)को वर्चश्व रहेको मानिएका वडा न ५ बाजुङ र ६ तिलाहार दुबै मा एमालेका उमेदवारहरु २ मतको अन्तरले वडा अध्यक्षमा पराजित भएका छन भने सबै वडा सदस्यहरुमा एमालेका उमेदवार नै बिजयी भएका छन । २०७४ काे स्थानीय निर्वाचनमा भारी मतान्तर रहेका वडाहरुमै एमालेले हार ब्यहोर्नु लाई अर्थपूर्ण रूपमा हेर्न थालिएको छ । टिकट वितरणका क्रममा भएको पार्टी भित्रको  आन्तरिक विवाद र अन्तर घातका  कारण अप्रत्यासित नतिजा ब्यहोर्नु परेको कांग्रेस र एमाले दुवै पार्टीका नेता कार्यकर्ताहरु ले गुनासो गरेका छन् ।

यसै बीच विगतमा एमालेले पुरै प्यानल जितेको वडा नं ४ क्याङ् मा पनि कांग्रेसले वडा अध्यक्ष र तीन जना सदस्य जितेको छ ।गत निर्वाचनमा कांग्रेसले जितेको एक मात्र वडा नं १ भुकमा यसपटक एमालेले जीत हासिल गरेको छ । सो वडामा कांग्रेसका सन्तु गुरुङले स्वतन्त्र उम्मेदवारी  दिनु भएको थियो ।

वडा नं १ मा एमालेको तर्फबाट टेक बहादुर गुरुङ, वडा नं २ मा बेलबहादुर कार्की, वडा नं ३ मा देबेन्द्र बहादुर खत्री, वडा नं ७ मा दुर्गाप्रसाद गौतम र ८ मा सुकबहादुर गुरुङ्ग बिजयी  हुनु भएकाे  छ । नेपाली कांग्रेसका तर्फबाट वडा नं ४ मा मोहन चोचाङ्गी, वडा नं ५ मा मानबहादुर अधिकारी र वडा नं ६ मा दिपेन्दजंग लामिछाने बिजयी हुनु भएको  छ ।

गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका तीन जना वडाध्यक्षहरु र केही सदस्यहरू बिजयी भएको अवस्थामा माओबादी केन्द्रका कुनै पनि उम्मेदवार बिजयी हुन् सकेनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *