मोदीको हम्पाल क्षेत्रमा टान गण्डकीको नयाँ पदमार्ग खोज तथा अनुसन्धान कार्यक्रम

पर्वत ।

जिल्लाको मोदी गाउँ पालिकाको उत्तरी भेगमा रहेको हम्पाल  क्षेत्रमा टान  गण्डकीको चार दिने नयाँ पदमार्ग खोज तथा अनुसन्धान कार्यक्रम सम्पन्न भएको छ ।

ट्रेकिङ्ग एजेन्सीज् एशोसिएसन अफ नेपाल (टान) गण्डकीको आयोजना, उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेशको सहयोग, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रबर्द्धन, अन्नपुर्ण संरक्षण क्षेत्र आयोजनाको सहकार्य तथा संबंधित स्थानीय सरकारको समन्वयमा सो कार्यक्रम भएको हो ।

कार्यक्रममा पुर्व राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना तथा गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालको मुख्य उपस्थिति रहेको थियो । मोदी गाउँपालिका बडा नम्बर १,२,३ अन्तर्गत अन्नपुर्ण गाउँपालिका म्याग्दी र कास्कीलाई जोडि पर्यटकीय गन्तव्यहरु नयाँपुल–ताङले–भमरकोट–फलाटे–डाँडाकमेरे–थामाकोडिल–माटे–जलजला–मोहरेडाँडा–ताप्राङ–बनठाँटी पदमार्गको मिति मंसिर १७ बाट २० गतेसम्म ३ रात ४ दिनको खोज तथा अनुसन्धान गर्ने कार्यक्रम भब्यताका साथ सम्पन्न गरिएको  टान गण्डकीले जनाएको छ ।

संस्थाका प्रथम उपाध्यक्ष तिर्थराज सुबेदीको संयोजकत्वमा सम्पन्न गरिएको उक्त खोज तथा अनुसन्धान कार्यक्रममा मोदी गाँउपालिका वडा न.१ पर्वतका अध्यक्ष टेकबहादुर गुरुङ्ग,वडा न.२ का अध्यक्ष बेल बहादुर कार्की,वडा न.३ का अध्यक्ष देवेन्द्र बहादुर क्षेत्री,पर्बत–भमरकोट–घोरेपानी पर्यटन बिकास समितीका अध्यक्ष मान बहादुर खड्का लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

त्यसैगरी कार्यक्रममा लेसपारका समाजसेवी एवंम् पर्यटन व्यबसायी टिका पुन, टान गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्य, सहसचिब भुपेन्द्र कुमार लामा,कोषाध्यक्ष दीपक प्रसाद सापकोटा तथा कार्यसमिति सदस्यद्धय अजय अधिकारी र भुपेन्द्र गौतम,पत्रकारहरु,स्थानीय पर्यटन बिज्ञ,क्याम्पिङ्ग सहयोगीहरु लगायत ५४ जनाको सहभागीता रहेको थियो ।

खोज गरिएको ट्रेकिङ्ग रुट अत्यन्तै मनमोहक, स्वच्छ र प्राकृतिक सौन्दर्यताले भरिपूर्ण रहेको सहभागीहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *