मोदीखोला सहकारीले आयोजना गरेकोे सहकारी शिक्षा तालिम सम्पन्न,

मोदीखोला बहुउद्वेश्यीय सहकारी सस्थाले आयोजना गरेको सहकारी शेयर सदस्यहरुको लागि एक दिने सहकारी शिक्षा तालिम सम्पन्न भएको छ । शेयर सदस्यको लागि सहकारीको ऐन तथा नीति नियमको बारेमा थप सहजताको लागि तालिम आयोजना गरीएको सहकारीका अध्यक्ष बेद प्रसाद तिमिल्सिनाले बताउनुभयो । तालिममा शेयर सदस्यको अधिकार,सहकारी व्यवस्थापन ,सदस्य सेवाको स्तर,नीतिगत ब्यवस्थापन,साँगठानिक व्यवस्थापन , संरचना,बितीय व्यवस्थापन ,वितिय साक्षरताको महत्व सँगसगै उधमशिलताको विषयमा पनि जानकारी गराईएको थियो । राष्ट्रिय सहकारी बैंक बाग्लुङ्गका शाखा प्रमुख युवराज त्रिपाटी,सि एम सी बाग्लुङ्गका अध्यक्ष दिपकराज भण्डारी र मोदी गाँउपालिका उधम शाखाका सहजकर्ता गणेश शर्माले प्रशिक्षण गराउनुभएको थियो । उपस्थित शेयर सदस्यहरुले सहकारीको ऋण लिने र वचत गर्ने तरिका अझ धेरै स्पष्ट भएको बताउनुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि मोदी गाँउपालिकाका अध्यक्ष हिरादेवी शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन सहकारीका प्रबन्धक बबिता तिमिल्सिनाले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *