मोदी, पर्वत ।
मोदी गाउँ पालिकाको आ.व २०८०/०८१ को नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार गर्भवती महिलाहरुको लागि ग्रामिण अल्ट्रासाउण्ड सेवा (भिडियो एक्सरे) कार्यक्रमको शुभारम्भ गरिएको छ । वान हार्ट वर्ल्ड वाइड नेपालको प्राविधिक सहयोगमा गाउँपालिकाका सामाजिक बिकास समितिका संयोजक सुक बहादुर गुरुङले बिहीबार एक कार्यक्रमकाबीच वडा नं ८ मा रहेको चित्रे स्वास्थ्य चौकीबाट सो सेवा शुरु गर्नु भएको हो ।
उक्त कार्यक्रमबाट दुर्गम तथा ग्रामिण क्षेत्रमा अल्ट्रासाउन्ड (भिडियो एक्सरे) को सहायताले गर्भवती महिलाहरुको समयमै जटिलता पत्ता लगाई मातृ तथा नवजात शिशुको स्वास्थ्य अवस्थामा सुधार ल्याउन सकिने विश्वास गरिएको छ l
गाउँपालिकाका सबै स्वास्थ्य चौकीहरुमा कम्तिमा महिनाको एकपटक तालिम प्राप्त नर्सिंग कर्मचारीद्वारा ग्रामिण अल्ट्रासाउण्ड (भिडियो एक्सरे) सेवा उपलब्ध हुने छ । जसले गर्दा गर्भावस्थामा भिडिओ एक्सरे जांचका लागि अन्य अस्पतालमा जानुपर्ने अवस्थाको अन्त्य हुने गाउँ पालिकाकाे स्वास्थ्य शाखा प्रमुख उमेश कुमार अधिकारीले जा कारी दिनु भयो ।
सो सेवा बाट गर्भबती जाँचको लागि लाग्ने समय र खर्च कम हुने समेत विश्वास गरिएको छ । सेवा प्रवाहका लागि मासिक क्यालेण्डर निर्माण गरिएको र सेवाग्राहीले आफ्नो नजिकैको स्वास्थ्य चौकीमा सम्पर्क गर्न सकिने शाखा प्रमुख अधिकारीले बताउनु भयो !
