मोदीमा पुस्तक चर्चा : खगेन्द्र संग्रौलाको साधना र संघर्ष, एक बागी

मोदी, पर्वत ।
लेखक तथा विश्लेषक खगेन्द्र संग्रौलाको साधना र संघर्ष समेटी तयार गरिएको जीबनीमा आधारित पुस्तक ‘एक बागी’ सम्बन्धी अन्तरक्रिया कार्यक्रम शनिबार बिहान पातिचौरको मोदी सभाहलमा सम्पन्न भएको छ । उज्ज्वल प्रसाईद्धारा लिखित सो पुस्तकका प्रमुख पात्र खगेन्द्र संग्रौला र लेखक प्रसाईँको समुपस्थितिमा सो कार्यक्रम गरिएको हो ।
पुष्पलाल ज्ञानशाला मोदीको आयोजना तथा बेला प्रकाशनको संयोजनमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै लेखक तथा बिश्लेषक खगेन्द्र संग्रौलाले नागरिकहरुलाई आलोचनात्मक चेत राख्न र सत्तासँग प्रश्न गरी रहन आग्रह गर्नु भयो । संग्रौलाले भन्नु भयो – ” प्रश्न गर्न नसक्नु भनेको दास मनोबृत्तिबाट गुज्रनु हो । मान्छेकै कारणले लेखिएको पुस्तकले त्यही मान्छेलाई परिवर्तन गर्दछ । ” आफूले जीबनमा मान्छे र पुस्तक दुबैलाई पढ्ने गरेको बताउँदै मान्छेलाई चिन्न पुस्तक र पुस्तकलाई चिन्न मान्छे पढ्नु पर्ने बिचार उहाँले व्यक्त गर्नु भयो ।
अहिलेको समाज ज्ञान तथा पुस्तक बिरोधी बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै उहाँले पठन तथा लेखन संस्कृतिको बिकासमा जोड दिनु पर्ने बताउनु भयो । संसारका सबै बागीहरु मूर्ख थिएनन र मूर्ख नभएको भए बिद्रोह गर्ने थिएनन् भन्दै बिद्रोहको परिणाम बारे पहिल्यै सोचियो भने बिद्रोह हुन नसक्ने अबस्था रहन्छ । त्यसैले समाजको बिभेद कम गर्न र सामाजिक रुपान्तरणको लागि बागी बन्नु पर्ने अबस्था आउने उहाँको भनाइ थियो ।
सो कार्यक्रमममा बोल्दै लेखक प्रसाईंले खगेन्द्र संग्रौलाका रचना र त्यसबेला उनीबारे लेखिएका लेखहरूको अनुसन्धानबाट पुस्तक तयार गरिएको बताउनु भयो । उहाँले खगेन्द्ररूपी झ्यालबाट आफूले तत्कालिन समाजको यथार्थ देखाउन खोजेको बताउनु भयो । जीबनी बिधाको सो पुस्तकमा लेखक प्रसाईले संग्रौलाकोे जीवनका प्रतक्ष्य देखिएका र कतिपय लुप्त रहेका तथ्यहरु उजागर गर्नु भएको छ ।
अन्तरक्रिया कार्यक्रममा मोदी गाउँ पालिकाका अध्यक्ष हिरादेबी शर्मा, निवर्तमान अध्यक्ष प्रेम शर्मा पौडेल, बिभिन्न राजनीतिक दलका नेतगण, बुद्धिजीबी, प्राध्यापक, शिक्षक , कर्मचारी लयायतका व्यक्तित्वहरुले आफ्ना बिचारहरु व्यक्त गर्नु भएको थियो । पुष्पलाल ज्ञानशाला मोदीका संयोजक भूमिराज शर्माको अध्यक्षतामा भएको कार्यक्रमको संचालन किशोर मनस्वीले गर्नुभएको थियो ।

No description available.

 

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *