पर्वत ।
मोदी गाँउपालिकामा बास तथा निगालोबाट विभिन्न सामग्री बनाउने तालिम सञ्चालन गरिएको छ । सिप सिकाउने र जीविकोपार्जनमा टेवा पुर्याउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो । १५ दिने बास तथा निगालोको सामग्री निर्माण तालिममा दुईजना महिला र ९ जना पुरुषहरुको सहभागिता रहेको उधम विकास संयोजक सिता शर्माले बताउनुभयो।
विपन्न परिवारको जीविकोपार्जनमा सहयोग पुगोस् भन्ने हेतुले सञ्चालन गरिएको तालिमका सहभागीले बास र निगालोबाट अहिले सोफा,टि-टेबल,पर्दा,कुर्ची लगायतका सामग्री निर्माण गरिरहेको र थप सामग्री निर्माण कार्य सिकिरहेको जनाईएको छ । स्थानीयस्तरमा उपलब्ध हुने बास तथा निगालोको धेरै प्रकारका सामग्री निर्माण गर्न सके दैनिक जीवन निर्वाहका साथै आयआर्जमा सहजता हुने तालिमका सहभागीले बताएका छन् ।
गाउँपालिकाभित्र जोकोही व्यक्ति सीप सिकेर स्थानीयस्तरमा व्यावसाय गर्न खोज्ने र सुरुवात गरेर आत्मनिर्भर बन्न खोज्ने व्यक्तिलाई पालिकाले पनि सहयोग गर्ने मोदी गाँउपालिकाका अध्यक्ष हिरादेवी शर्माले बताउनुभयो ।तालिममा दक्ष प्राविधिकले सहजीकरण गरिरहेको जनाइएको छ।