मोदी, पर्वत।
जिल्लाको मोदी गाउँ पालिकामा आ.व २०७९/८० को बार्षिक प्रगति समिक्षा गोष्ठी सम्पन्न भएको छ । सोमबार सम्पन्न उक्त गोष्ठीमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, कार्यपालिका सदस्य लगायतको उपस्थिति रहेको थियो ।
सो गोष्ठीमा शाखा/इकाइ प्रमुख, वडा सचिव एवं विभिन्न गैर सरकारी संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।
गोष्ठीमा आर्थिक वर्ष २०७९/८० मा भए गरेका सम्पुर्ण गतिविधिलाई विस्तृतमा रूपमा प्रस्तुत गरिएको थियो ।
उक्त समिक्षा गोष्ठीमा समग्र विकास निर्माण र सेवाप्रवाहका विषयमा छलफल गरिएको गाउँ पालिका जनाएको छ ।