मोदीमा लघु तथा कृषि उद्यमको प्रबर्द्धन र बजारीकरणका लागि प्रदर्शनी मेला सम्पन्न

पर्वत ।

“स्थानीय उत्पादनले स्टलहरु भरिभराउ,आकर्षक सामाग्रीले सबैतिर झकिझकाउ । पालिकाभरीका हजारौं कृषकहरु एउटै ठाउँमा भेला भएका थिए । गाउँगाउँमा उत्पादन भएका उद्यमका सामाग्री र कृषि उपजले प्रदर्शनीमा स्टल भरीभराउ थिए । दर्शकहरु आफ्नै गाउँघरमा उत्पादित आकर्षित र अनौठा सामाग्रीहरुमा केन्द्रित भएका थिए । उद्यमीहरु किनबिचमै व्यस्त । कोहि कोदोको मम खादै थिए त कोहि स्थानीय कला सस्कृतिकमा रमाउदै थिए ।

यो दृश्य थियो, पर्वतको मोदी गाउँपालिकाको । मोदि गाउँपालिकाले जिल्लामै नमुना कार्यक्रमको रुपमा स्थानीय लघु उद्यम तथा कृषि उद्यमको विकास, प्रबर्द्धन र बजारीकरण गर्न र स्थानीय उद्योमीलाई प्रोत्साहन र हौसला प्रदान गर्ने उद्देश्यले पालिकामा पहिलोपटक प्रदर्शनी मेला आयोजना गरेको थियो  ।
सातौं उद्योग दिवस-२०७८ को अवसरमा  पातीचौरमा ३ दिने लघु,घरेलु कृषि पशु उद्यम प्रदशनी कार्यक्रम यहीँ मंसिर ९ गते संचालन भै ११ गते सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मोदी गाउँपालिका अध्यक्ष प्रेम पौडेलले पालिकाको विकास र समृद्धिका लागि उद्यम क्षेत्रमा देशभरकै स्थानीय सरकारहरुले भन्दा नमुना कार्यक्रम संचालन गरि परिणाममुखी कार्य गरेको बताए ।
शिक्षा,स्वास्थ्य, पुर्वधारसँगै कृषि,पर्यटनलाई जोड दिदै स्थानीय स्रोत साधनको प्रयोग गरि उद्यमशिलताका कार्यक्रमहरु संचालन गरेको उनले बताए । तिनै तहका सरकार र कर्मचारीहरुसँग सकारात्मक समन्वय सहकार्य गर्दै जनमुखी कार्यक्रम संचालन गरेको पौडेलले दाबी गरे ।

उनले भने “ हाम्रो कार्यकाल सकिनै लाग्यो, चुनावताका जनतालाई बोलेका कुरा पूरा गर्दै छौं,हाम्रा गतिविधि बाहिर त्यति प्रचार नभएपनि हामी परिणाममुखी काम गरेका छौँ । “लघु,घरेलु उद्योम कृषि र पशु उद्यमको प्रबर्द्धन र बजारीकरणमा उक्त कार्यक्रमले टेवा पुर्‍याउने पौडेलको भनाइ थियो ।

त्यस्तै कार्यक्रम बोल्दै पालिकाकी उपाध्यक्ष तथा उक्त कार्यक्रमका संयोजक सेती महतले सबैसँग सहकार्य गर्दै योजनाबद्ध तरिकाले दिगो र प्रभावकारी कार्यमा जोड दिएको बताइन । आफू पनि एक उद्योमी भएको र सबैलाई उद्यममा लग्न प्रोत्साहन गर्दै उद्यमशीलको विकास र प्रबर्द्धनका लागि नमुना र अनुकरणीय कार्य गर्दै आइरहेको बताइन् ।

प्रमुख प्रशासकीय अधिकृत किसान बहादुर क्षेत्रीले स्थानीय उत्पादनको प्रवर्द्धन, उद्योमीहरुलाई प्रोत्साहन, बजारीकरण र प्रचारप्रसार गर्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको बताए । स्थानीय उत्पादन, कृषि,पर्यटन, कला र सांस्कृतिकको प्रबर्द्धनमा उक्त कार्यक्रमले जोड दिएको उनले बताए । उक्त कार्यक्रमले उद्यमी तथा कृषकहरूमा थप हौसला र उत्साह थपिएको र उद्यमीको उत्साहजनक सहभागिताले गाउँपालिकाले यस क्षेत्रमा थप लगानी गर्नुपर्ने महशुस भएको क्षेत्रीले बताए । गाउँपालिकाले नमुना र उदाहरणीय कार्यक्रम आयोजना गरेको र ३ दिन सम्म कार्यक्रमलाई सफल बनाउन अहोरात्र खट्नुहुने सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।

क्षेत्रीले भने “अध्यक्ष प्रेम पौडेल,उपाध्यक्ष सेती महत लगायत सम्पुर्ण जनप्रतिनिधि, उद्यम विकास संयोजक सीता शर्मा, कृषि अधिकृत मनिषा महत, पशु शाखाका माधव सपकोटा लगायत सम्पुर्ण कर्मचारी, कार्यक्रम सञ्चालक गायक कृष्ण अखेली लगायत सम्पुर्ण कलाकार तथा पत्रकार , विभिन्न होमस्टे लगायत सम्पुर्ण उद्यमी र कृषि समूह, रत्यौली प्रतियोगितामा भाग लिने सबै आमा तथा दिदीबहिनी समुहहरू तथा कार्यक्रममा विभिन्न कोणबाट सहयोग गर्नुहुने सबैलाई धन्यवाद व्यक्त गर्दछौ ।”

उद्यमशिलताको बिषयमा भएको रत्यौली प्रतियोगितामा सयपत्री लप्सी उद्यमी समुह प्रथम, चित्रे सांस्कृतिक समूह दिर्तिय, रतिखोला खाद्यान्न समुह तृतीय र सृजनशिल अदुवा बेसार तथा मिलन बहुउद्देश्यीय समुह सान्त्वना भएका छन् । प्रथम,दिर्तिय,तृतीय र सान्त्वना हुनेलाई क्रमशः १५,१०,८ र ५ हजार साथमा प्रमाणपत्र प्रदान गरिएको छ ।स्टल,उद्यमी तथा कृषकहरुलाई सम्मान समेत गरिएको छ ।प्रदर्शनीमा १५ वटा स्टलमा पालिका भित्रका ८ वटै वडाहरुमा उत्पादित बस्तुहरुलाई समावेश गरिएको छ । पालिकाभित्रका लघु उद्योगमा उत्पादित अल्लोका सामनहरु,ढाका तथा उनीका होजियारी सामाग्रीहरु,नेपाली हाते कागज,कृषि उपज,सिस्नो पाउडर,लप्सीका परिकार, होम स्टेका परिकारहरु प्रदर्शनीमा राखिएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका सदस्य नन्दलाल सुवेदी, मोदी गाउँपालिका वडा १ का वडा अध्यक्ष गौ प्रसाद गुरुङ, वडा नं ७ का वडा अध्यक्ष बसन्त बहादुर गुरुङ, कार्यपालिका सदस्य लक्ष्मी बिक, उद्यम विकास शाखा प्रमुख सीता शर्मा लगायतले बोलेका थिए ।

May be an image of 2 people
पालिकाले भव्य कार्यक्रमको आयोजना गरि कृषकहरुले उत्पादन गरेका कृषि उपज प्रदर्शन गर्न पाउदा खुसी भएका छन् । मोदीमा मात्र उत्पादन हुने नेपाली हातेकागज प्रदर्शनीमा दर्शकमाझ देखाउन पाउदा प्रचारप्रसारसँगै यसको प्रबर्द्धन र बजारीकरणमा सहज भएको उद्योग संचालक तुलाराम दर्जीले बताए । आफुले उत्पादन गरेका कृषि उपज प्रदर्शनीमा राखेर बिक्रि वितरण र प्रचारप्रसार गर्न पाउदा खुशी लागेको वडा नं.८ चित्रेमा पन्चासे लप्सी प्रशोधन उद्योग संचालन गरेका गिताराम शर्माले बताए । पालिकाले आगामी दिनमा पनि यस्ता खाले कार्यक्रम संचालन गरेमा आफुहरुले उत्पादन गरेका सामाग्री बजारीकरणमा सहज हुने बताए । कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांस्कृतिक प्रस्तुति रहेको थियो ।

No photo description available.

No photo description available.

May be an image of text that says 'Room of R” Chitre 2021/1 1/27 12:42'

May be an image of 2 people

May be an image of 5 people, people standing and outdoors

May be an image of 1 person

No photo description available.

 

May be art

May be an image of food

May be an image of 1 person

May be an image of 4 people, people standing and indoor

May be an image of 4 people, people standing and outdoors

Leave a Reply

Your email address will not be published. Required fields are marked *