मोदीमा विनियोजित बजेटबाट भएका कामहरूको अनुगमन

पर्वत ।

जिल्लाको मोदी गाँउपालिकामा आर्थिक वर्ष ०८०/८१ को लागि विनियोजित बजेटबाट भएका कामहरूको अनुगमन गरिएको छ ।

विहिबार मोदी गाँउपालिकाका अध्यक्ष हिरा देवी शर्मा , उपाध्यक्ष विमल लामिछाने लगायत वडा अध्यक्ष , प्राविधिक सहितको टोलीले अनुगमन गरेको हो ।

अनुगमनको क्रममा मोदी गाँउपालिका ५ मा मुस्लाङ ,खरिवोट,खदरा बाटोको स्तरोन्नती तथा कुश्मा नगरपालिका ११ गौतम चोक देखी राम्जा हुदै स्याङजा सडक ढलान ,रति सिचाई नहर, मोदी गाँउपालिका ६ मा निर्माणाधीन बर्थिङ सेन्टर अवलोकन तथा अनुगमन गरिएको हो ।

त्यस्तै गरी प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत मोदी ४ क्याङमा निर्माण गरिएको सोलिङ बाटो अनुगमन गाउँपालिका उपाध्यक्ष विमल लामिछाने ,प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद शर्मा,लेखा अधिकृत खगराज सुबेदी ,रोजगार संयोजक अनमोल क्षेत्री लगायतले अनुगमन गर्नु भएको छ । स्थानीय तहको विभिन्न विकास निर्माणका कामका लागि विनियोजन गरिएको रकम सहि तरिकाले सदुपयोग होस्, गुणस्तरीय काम होस् भन्ने उद्देश्यले अनुगमनलाई तीव्रता दिईएको गाउँ पालिका अध्यक्ष हिरादेबी शर्माले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *