मोदीमा स्थानीय प्रमुख संरक्षक एवम् स्काउट प्रमुख दिक्षान्त समारोह तथा अभिमुखीकारण कार्यक्रम सम्पन्न

मोदी , पर्वत।

जिल्लाको मोदी गाउँ पालिकामा स्थानीय प्रमुख संरक्षक एवम् स्काउट प्रमुख दिक्षान्त समारोह तथा अभिमुखीकारण कार्यक्रम आईतबार सम्पन्न भएको छ ।

कार्यक्रममा स्थानीय प्रमुख संरक्षकको रूपमा गाउँ पालिकाका अध्यक्ष हिरादेवि शर्मा र स्काउट प्रमुखको रूपमा उपाध्यक्ष विमल लामिछाने लाई दीक्षित गरिएको थियो ।

मोदी स्काउटको आयोजनामा गाउँ पालिकाको सभाहलमा भएको कार्यक्रममा गाउँ पालिकाका जनप्रतिनिधिहरु, माध्यमिक तहका प्रधानाध्यापकहरु स्काउटका  पदाधिकारीहरु र जन नेत्र स्काउटका सदस्यहरूको उपस्थिति रहेको थियो । अभिमुखीकरण कार्यक्रममा बोल्ने वक्ताहरुले स्काउटले मानवीय सेवामा गरेका कार्यहरूको प्रशंशा गर्दै विद्यालय तहमा यसको विस्तारको आवश्यकता रहेको धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा मोदी गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल गौतम, शिक्षा अधिकृत प्रकाश बहादुर क्षेत्री, नेपाल स्काउट गण्डकी प्रदेश सदस्य तथा सदस्यता वृद्धि सम्योजक सागर पौडेल, प्रदेश सदस्य साजन सुवेदी, प्रदेश स्काउट कार्यालयका प्रदेश अधिकृत बिजय पौडेल, स्थानीय स्काउट कुश्मा नगरपालिका सम्योजक इन्द्र प्रसाद शर्मा लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै  गाउँ पालिका अध्यक्ष शर्माले स्काउटको बिकास र बिस्तारका लागि काम थालनी गरिएको र अर्को बर्षमा सबै पालिका भित्रका सबै बिध्यालयहरु मा स्काउट युनिट गठन गर्नका लागि तालिम सन्चालन गर्न आवश्यक बजेटको ब्यबस्था गरिने बताउनुभयो ।

यसै बीच शनिबार जन नेत्र स्काउट ट्रूपले पहिलो पटक एक दिने  क्याम्पिङ कार्यक्रम समेत सम्पन्न गरेको छ ।स्काउट ट्रूपले पातिचौरको मोदी खोला किनारमा सो क्याम्पिङ सम्पन्न गरेको स्काउटका मोदी संयोजक महेन्द्र लामिछानेले जानकारी दिनु भयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *