मोदीमा बाह्र दिने साबुन बनाउने तालिम सम्पन्न

पर्वत ।

जिल्लाको मोदी गाउँ पालिकामा महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्धेश्यका साथ सञ्चालन गरिएको १२ दिने साबुन बनाउने तालिम सम्पन्न भएको छ । लघु घरेलु तथा साना उधोग प्रवद्धन केन्द्र त्रिपुरेश्वर,काठमाण्डौको आयोजना तथा मोदी गाँउपालिकाको समन्वयमा संचालन भएको तालिमा २६ जनाले सहभागिता जनाएका हुन । अवसरबाट टाढा भएका महिलाहरुलाई लक्षित गरी व्यबसायिक तालिमको रुपमा साबुन बनाउने तालिम सञ्चालन गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा मोदी गाँउपालिका सामाजिक विकास शाखाका प्रमुख दिनेश शर्माले सिप बिनाको मानिस हरेक कुरामा पछि पर्ने बताउदै सिपयुक्त ब्यक्तिले बाच्न कसैसंग निर्भर हुन नपर्ने र सबै कुरामा हात हाल्दा पनि कुनै कुरामा पनि सफल नभइने भएकोले साबुन बनाउने सिप सिकेपछि यस तालिमलाई व्यवहारमा उतारेर स्वरोजगार बन्न आग्रह गर्नुभयो ।

लघु घरेलु तथा साना उधोग प्रवद्धन केन्द्र त्रिपुरेश्वर, काठमाण्डौका मेकानिकल इन्जिनियर  लक्ष्मी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मोदी गाँउपालिका उधम शाखाका संयोजक सिता शर्माले गर्नुभएको थियो । ईन्द्र प्रसाद पौडेलको संयोजनमा भएको तालिमको प्रशिक्षण टोप नारायण मरासिनीले गर्नुभएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *