मोदी,२ को सार्वजनिक सुनुवाई सम्पन्न, वडा कार्यालयबाट सेवा सहज हुँदा देउपुरबासी हर्षित

मोदी।

मोदी गाउपालिका वडा नम्बर दुई देउपुरको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । वडा कार्यलयको आफ्नै भवनमा सम्पन्न सार्वजनिक सुनुवाई तथा छलफल कार्यक्रममा विभिन्न तह तप्काका व्यक्तिहरुको उपस्थिती रहेको थियो । वडा अन्तर्गत भएका विकास निर्माण र उपलब्धीहरुको बारेमा छलफल भएको थियो ।

कार्यक्रमममा देउपुर वडा कार्यलयले दिने सेवा र सुविधा प्रति देउपुर वासी हर्षित भएकाे धारणा व्यक्त गरेका थिए । सहभागीहरुले पटक पटक कार्यलय धाउनु पर्ने समस्या देउपुर वडा कार्यलयमा नभएको र कर्मचारी, वडा अध्यक्ष, जनप्रतिनिधीबाट सहज ढगंबाट सेवा प्रवाह भएको बताईएका थिए । सार्वजनिक सुनुवाई तथा छलफल कार्यक्रममा वडामा भएका विकास निमार्णका कामहरु बाटो निर्माण ,मर्मत ,कृषि खानेपानि,शिक्षा,सवारी भाडा सम्बन्धी, बिधुत तारमुनिको बोट विरुवा कटान सम्बन्धी विषयमा छलफल भएको थियो ।

छलफलमा देवराज गिरी, जीवनाथ तिमिल्सिना ,दिपक शर्मा, सुनिता भारती, तारापति तिमिल्सिना , मधुसुधन शर्मा लागायतले आफ्नो धाराणा राख्नुभएको थियो । छलफलमा उठेका जिज्ञासाहरुलाई मोदी गाउपालिका २ देउपुरका वडा अध्यक्ष विकास तिमिल्सिनाले प्रस्ट पार्नु भएको थियो । मोदी गाउपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा देउपुर वडा कार्यालयका  सचिव गायत्री चापागाईले प्रस्तुति सहित कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *