मोदी गाँउपालिका ८ चित्रेको वडा भवन शिलन्यास भएको छ । जग्गा दाता बिष्णु प्रसाद गुरुङ र लाल प्रसाद गुरुङको संयुतm परिवारले जग्गा दान गरेका हुन । मोदी गाँउपालिका ८ चित्रेको ३९६ र ३९७ कित्ता नम्वरको चार रोपनि जग्गा गुरुङ परिवारले चित्रे वडा भवन निर्माणको लागि जग्गा उपलब्ध गराएका हुन ।
भवन जम्मा ३६ लाखको लागतमा निमार्ण सुरु गर्न लागिएको ठेकेदार कम्पनिले बताएको छ । भवनको शिलन्यास मोदी गाँउपालिकाका अध्यक्ष हिरा देवी शर्मा र जग्गा दाता बिष्णु प्रसाद गुरुङले गर्नुभएको हो । भवनको शिलन्यास गर्दै अध्यक्ष शर्माले आफ्नो जन्म भुमिलाई माया गररे पुण्य कामका लागि जग्गा उपलब्ध गराउनु भएकोमा गुरुङ परिवारलाई कृतग्यता ब्यतm गर्नुभयो । मोदी गाँउपालिकाका उपाध्यक्ष विमल लामिछानेले जन्म भुमिलाई पुण्य भुमिमा परिणत र्गनु भएको भन्दै जग्गा दाता बिष्णु प्रसाद गुरुङ र लाल प्रसाद गुरुङको संयुतm परिवारलाई धन्यवाद ज्ञापन गर्नुभयो । यसै क्रममा जग्गा दाता बिष्णु प्रसाद गुरुङले चित्रेको वडा भवन सम्पन्न गरी समुद्घाटन छिटैे भएको हेर्ने ईक्षा व्यतm गर्नूभयो । चित्रे ८ का वडा अध्यक्ष सुक बहादुर गुरुङको विशेष पहलमा वडा भवन निर्माण गर्न लागिएको हो ।