मोदी, पर्वत ।
मोदी गाउँपालिकाको कार्यपालिका बैठक बिहीबार सम्पन्न भएको छ । जनप्रतिनिधी निर्वाचित भए पश्चात्को पहिलो बैठक सम्पन्न भएको हो ।बैठकमा विषयगत समितिहरुको गठन भएको छ ।
नयाँ जनप्रतिनिधिहरुको आगमनसंगै बसेको कार्यपालिकाको वैठकले गाउँपालिकाको प्रवक्ताको जिम्मेवारी बेलबहादुर कार्कीलाई तोकेको छ।
मोदी गाउँपालिका वडा न २ का वडाअध्यक्ष कार्कीलाई कार्यपालिकाको वैठकले प्रवक्ताको जिम्मेवारी तोकेको हो । उनी नेकपा एमालेको तर्फबाट वडा न २ बाट वडाअध्यक्षमा निर्वाचित भएका थिए ।
गाउँपालिकामा कार्यपालिकाको वैठकले विभिन्न विषयगत समितिहरुको समेत गठन गरेको छ ।बजेट तथा सिमा निर्धारण समितिमा गाउँपालिका अध्यक्ष हीरादेवी शर्मा लाई जिम्मेवारी प्रदान गरिएको छ भने राजश्व परामर्श समिति, बजेट तथा कार्यक्रम तर्जुमा समिति, फोहोर मैला व्यवस्थापन कार्यदलको जिम्मेवारी उपाध्यक्ष विमल लामिछानेलाई प्रदान गरिएको छ ।
यसैगरी पुर्वाधार विकास समितिको संयोजकमा टेक ब गुरूङ, आर्थिक विकास समितिमा लक्ष्मी विक, सामाजिक विकास समितिमा शुक ब गुरूङ, वन वातावरण तथा विपदमा देवेन्द्र बहादुर क्षेत्री, संस्थागत विकास सेवा प्रवाह तथा सुशासनमा दुर्गा प्रसाद शर्मालाई संयोजकको जिम्मेवारी प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत किसान बहादुर क्षेत्रीले जानकारी दिए 