मोदी गाउँपालिकाको दशौं गाउँसभा सम्पन्न, समयमा निर्वाचन नहुँने सम्भावना बढेको अध्यक्ष पौडेलको भनाई

मोदी ।

 

May be an image of 4 people, child, people sitting and people standing

 

मोदी गाउँ पालिकाले दशौं गाउँसभा सम्पन्न गरेको छ । गाउँ पालिको पहीलो स्थानीय तह कार्यन्वयको अन्तीम गाउँ सभा सम्पन्न गरेको हो । हरेक आर्थिक वर्षमा ६ महीनाको अन्तरालमा दुई गाउँसभा गर्नु पर्ने स्थानीय स्वत शासन एैन अनुसार गाउँकार्य पालिकाले अन्तीम गाउँ सभा गरेको हो । गाउँ सभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष प्रेम पौडेलले केन्द्र सरकारले तोकीएको समयमा स्थानीय तहको निर्वाचन नगरेर जन प्रतिनिधि विहीनता ल्याउन खोजेको पौडेलको भनाई रहेको छ । आँफुहरुको कार्यकाल सकीए पनि आगामी निर्वाचनको अन्योलका कारण पुन २०५८ साल जस्तै जन प्रतिनिधि विहीनता सृजना हुने सक्ने पौडेलले बताएका हुन ।गाउँसभामा विगतमा जारी शिक्षा एैनलाई दोस्रो पटक संसोधान गरीएको छ भने कर्मचारी व्यवस्थापन गर्न बनेको एैन पनि संसोधन गरीएको हो ।May be an image of 4 people, balloon and indoor यसै गरी चालु आर्थिक वर्षमा विनीयोजित विभिन्न ४९ शिर्षकको बजेट समेत रकमान्तर गरीएको हो । रकमानतरमा नगर प्रहरी भर्ना , विपन्न नागरीकलाई औषधि व्यवस्थापन ,विपन्न नागरीक स्वाथ्य विमा ,लैङ्गीक हिँशा विरुद्धका कार्यक्रम , श्रमीक कल्याणकारी कोष ,पर्यटन प्रवर्धन कार्यक्रम ,युवा लक्षीत कार्यक्रम पशु विकास सेवा कार्यक्रम ,कृषि उपज ढुवानी अनुदान , वालि शिवीर रैथाने वाली कार्यक्रमका लागि विनीयोजना गरीएको बजेट रकमान्तर गरीएको हो । गाउँपालिका अध्यक्ष प्रेम पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा गाउँ पालिकाका सामाजीक विकास समीती संयोजक दल बहादुर मल्लले शिक्षा एैन संसोधन गर्न प्रस्ताव गरेका थिए । यस्तै शुसान समीतीका संयोजगक देवेन्द्र क्षेत्रीले कर्मचारी व्यवस्थापन एैन संसोधनमा प्रस्ताव गरेका हुन ।May be an image of 5 people, people sitting and people standing

Leave a Reply

Your email address will not be published. Required fields are marked *