मोदी गाउँपालिकामा क्षेत्रीको विदाई र गौतमलाई स्वागत,

 

मोदी गाउँपालिकामा किसानबहादुर क्षेत्रीको ठाउँमा कमल गौतमको सरुवा भएर आउनुभएको छ । मंगलबार एक कार्यक्रमका वीच क्षेत्रीको विदाई र गौतमलाई स्वागत गरिएको हो। गाउँपालिकाको सभाहलमा आयोजीत कार्यक्रमका वीच ३३ महिना गाउँपालिकामा कार्यभार सम्हालेका क्षेत्रीको विदाई गरिएको हो । क्षेत्री अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरामा सरुवा भएर गएका छन् । नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा कमल गौतमले मंगलबार देखि प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यभार सम्हालेका छन् ।स्वागत तथा विदाई कार्यक्रममा गाउँपालिका अध्यक्ष हिरादेवी शर्मा, उपाध्यक्ष बिमल लामिछाने, गाउँपालिकाका संस्थापक अध्यक्ष प्रेम पौडेल, संस्थापक उपाध्यक्ष सेती महत, शिक्षा अधिकृत झक प्रसाद गौतमले स्वागत र विदाई मन्तब्य राखेका थिए । सरुवा भएर गाउँपालिकाबाट विदा भएका क्षेत्रीले गाउँपालिकामा काम गर्दा सम्पर्क समन्वय बढेको र नयाँ धेरै कामहरुको सिकाई भएको बताए । नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत गौतमले सम्बृद्ध नेपाल सुखी नेपाली भन्ने राष्ट्रिय आकाक्षा पुरा गर्न सवै राष्ट्रसेवक कर्मचारीहरु इमान्दारीकता साथ काममा लाग्नुपर्ने धारणा राखे । कार्यक्रममा कार्यालयका अन्य कर्मचारीहरु स्वागत र विदाई कार्यक्रममा सहभागी थिए । कार्यक्रमको सञ्चालन अधिृकत प्रविन पोख्रेलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *