मोदी गाउँपालिका पूर्ण खोप सुनिश्चित भएको स्थानीय तह घोषित

 

पर्वत ।

“स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता – हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ मोदी गाउँपालिका, पर्बतलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ।

मोदी गाउँपालिकामा यो बर्ष १५ महिना सम्मका ३०७ जना बालबालिकाहरुले पूर्ण खोप प्राप्त गरेका छन् भने १६ महिना देखि ५ बर्ष मुनिका ८७४ जना बालबालिकाहरुले पूर्ण खोप प्राप्त गरेको सुनिश्चित गरिएको हो  ।

कार्यक्रममा मोदी गाउँ कार्यपालिकाका सम्पूर्ण सदस्यहरु, सबै स्वास्थ्य चौकीका प्रमुख, स्वास्थ्य कार्यालय पर्वतका प्रतिनिधिहरु लगायतका सरोकारवालाहरुको उपस्थितिमा गाउँपालिका अध्यक्ष श्री हीरादेवी शर्माले पूर्ण खोप सुनिश्चित तथा दिगोपना कायम भएको गाउँपालिका घोषणा गर्नुभएको थियो  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *