मोदी गाउँपालिका स्तरीय आधारभूत तह(१-५) काे हाजिरी जवाफ प्रतियोगिता सम्पन्न, जन आदर्श बोर्डिङ्ग स्कूल प्रथम

पर्वत ।

मोदी गाँउपालिकामा आधारभुत तह(कक्षा १–५) स्तरीय हाजिरीजवाफ प्रतियोगिताको फाईनल सम्पन्न भएको छ । मोदी गाँउपालिकाले आयोजना गरेको उक्त प्रतियोगितामा पालिकाका ११ वटा विद्यालयको सहभागिता रहेको थियो । गत पौष पहिलो हप्तामा पालिका अन्तरगतका ५८ बिद्यालयहरुलाई वडागत रुपमा ८ वटा केन्द्रमा पहिलो चरणको प्रतियोगिता संचालन भै छानिएका ११ विद्यालय वीच उक्त प्रतियोगिता संचालन गरिएको हो । पशुपति आधारभुत विद्यालय मोदी २ को व्यवस्थापन सहयोगमा संचालित प्रतियोगिता सम्पन्न भएको हो।
प्रतियोगिताबाट प्रथम जनआदर्श बोर्डिङ स्कुल पातिचौर द्धितिय सरस्वती मावि पोखरे, तृतीय नवजागृत मावि तिलाहार,सान्त्वना सिर्जना बोर्डिङ स्कुल बाजुङ भएको छ । प्रथमले नगद रु १० हजार, ट्रफि, मेडल र प्रमाणपत्र द्धितियले ६ हजार, ट्रफि, मेडल र प्रमाणपत्र त्यसै गरि तृतीयले ४००० साथै सान्त्वनाले नगद रु २००० प्राप्त गरेका छन। जनआदर्श बोर्डिङ स्कुलले गत बर्षको आधारभुत तह(कक्षा १–५) स्तरीय हाजिरीजवाफ प्रतियोगितामा पनि प्रथम स्थान हात पारेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा मोदी गाँउपालिकाका अध्यक्ष हिरा देवी शर्माले यस्ता प्रतियोगिताहरुले विद्यार्थीको बाह्य ज्ञान वृद्धी विकासमा सेवा पुग्ने बताउदै विद्यार्थीले सिकाइ किताबमा मात्रै सीमित नराखी बाह्य जानकारीहरुमा पनि चासो राख्नुपर्ने र विद्यार्थीहररुको सिकाइलाई प्रभावकारी बनाउनमा अतिरिक्त कृयाकलापको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । शिक्षा अधिकृत दिनेश शर्मा र प्रकाश बहादुर क्षेत्रीले सञ्चालन गरेको कार्यक्रमको संयोजन प्राविधिक सहायक सुरेश रिमालले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *