मोदी, पर्वत ।
मोदी गाउपालिका स्थित सम्पूर्ण विद्यालयका प्रधानाध्यापकहरुको बैठक सम्पन्न भएको छ । बैठकमा प्रधानाध्यापक शैक्षिक भ्रमणको समिक्षा ,IEMIS अद्यावधिक ,आधारभुत तह (कक्षा८) स्तरीय परीक्षा साथै वार्षिक परीक्षा संचालन ,राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन, बाल मैत्री कार्यक्रमको लागि वडा न ५ देखि ८ सम्मका बालबालिकाको तथ्यांक संकलन ,स्थानीय पाठ्यक्रम निर्माण कार्यदल निर्माण, विद्यालयमा भएका असल अभ्यास,समस्या तथा सुझाव लगायतका एजेन्डाहरुमा छलफल भएको छ ।
संस्थागत र सामुदायक विद्यालयहरु एकै ढगंबाट अघि बढाउनु पर्ने माग गर्दै शिक्षा नीतिलाई सबै तह र तप्काले पालना गर्नुपर्ने देउपुर नमुनाका सस्थापक अध्यक्ष बलराम शर्माले बताउनुभयो । मोदी गाउपालिकाका विद्यालयहरुले प्रश्न पत्र निर्माण विद्यालयले नै गर्नुपर्ने र वार्षिक परीक्षा चैत्र आठ (८) गते बुधवारबाट सञ्चालन गर्ने बैठकले निर्णय गरेको शिक्षा शाखा अधिकृत झकप्रसाद गौतमले बताउनुभयो ।
उपस्थित मोदी गाउपालिकाका विद्यालय प्रध्यानध्यापकहरुले आफ्ना विद्यालयमा भएका समस्याहरु र भई रहेका राम्रा अभ्यासहरुको बारेमा चर्चा गर्नुभएको थियो । बैठकमा मोदी गाउपालिकाका अध्यक्ष हिरादेवी शर्मा,प्रमुख प्रशासकीय अधिकृत कमल गौतम लगायतको उपस्थिति रहेको थियो । बैठकको सञ्चालन शिक्षा अधिकृत प्रकाश बहादुर क्षेत्रीले गर्नुभएको थियो। सोही अवसरमा नि मा बि तहमा नव प्रवेशी शिक्षकहरूलाई पनि स्वागत गरिएको थियो ।