मोदी, पर्वत ।
राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमकाे आम औषधी सेवन अभियान यस वर्ष पनि शुरु भएको छ । अभियान सफल बनाउनका लागि मोदी गाउँपालिकाले हिजो फागुन १६ गते सोमबार गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलकाे अध्यक्षतामा पालिकास्तरिय योजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ ।
यस वर्ष मोदि गाउँपालिकामा शतप्रतिशत मानिसलाई औषधी सेवन गराउन समुदायमा सचेतनामुलक कार्यक्रम, गाउँका अगुवाहरुको उपस्थितिमा समुदाय स्तरीय अन्तरक्रिया, जनशक्ति परिचालन, औषधी खुवाउने समयको निर्धारण, अनुगमन लगायतका बिषयलाई समाबेश गरि योजना तर्जुमा गरिएको हो । औषधी सेवन कार्यक्रमलाई सफल बनाउन निमार्ण गरिएको योजना अनुसार आम औषधि सेवन कार्यक्रम कार्यन्वयन गरिने छ । मोदी गाउँपालिकामा यही फागुन २८ गतेदेखि अभियान संचालन हुने छ।
एक हप्तासम्म संचालन गरिने अभियानमा ७२ जना स्वास्थ्यकर्मी, र ७४ जना महिला स्वास्थ्य स्वयम्सेविकालाई परिचालन गरि स्वास्थ्यकर्मिद्वारा प्रत्यक्ष उपस्थितिमा औषधी खुवाइनेछ ।