मोदी गाँउपालिका ३ देउरालीमा बालमैत्री वडा घोषणाका लागि सरोकारवालाहरुको प्रतिबद्ता सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ । भदौ २९ गते राष्ट्रिय बाल दिवसको दिन बालमैत्री वडा घोषणा गर्ने तयारी भएको छ । नेपाल सरकारले तयार पारेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिकाले तोकेका ५१ सूचक पूरा गरेसँगै वडा नम्बर ३ लाई बालमैत्री वडा घोषणा गर्न लागिएको हो । यसअघि सोही पालिकाको वडा नम्बर ८ चित्रेलाई घोषणा गरिएको थियो । बालमैत्री वडाले बालअधिकार महासन्धिमा आधारित रही बालअधिकारको सवाललाई आत्मसाथ गर्ने गर्दछ । मोदी गाँउपालिकाका अध्यक्ष हिरादेवी शर्माले बालअधिकार र बालमैत्री स्थानीय शासनलाई दिगो बनाउनुपर्ने धारणा व्यक्त गर्दै आगामी दिनमा बाँकी रहेका ६ वटा वडामा समेत अभियान सञ्चालन गरिने बताउनुभयो । वडा नं. ३ मा चार सय घरधुरी रहेको छ । ५१ सूचक गर्भवती महिला, नवजात शिशुको स्वास्थ्य जाँच, टीटी विरुद्धको खोप, दक्ष स्वास्थ्यकर्मीबाट सुत्केरी गराएको, ६ महिनासम्म अनिवार्य स्तनपान, ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल खाएको हुनुपर्ने व्यवस्था छ । त्यसैगरी एक वर्ष भित्रका बालबालिकालाई पूर्णखोप, सबै घरपरिवारमा आयोडिनयुक्त नुन, कमतौल, पुड्को र ख्याउटेपन हुने बालबालिकाको संख्यामा कमि हुनुपर्ने, सबै घरधुरीमा खानेपानी, शौचालय, अनिवार्य जन्मदर्ता, बालविवाह मुक्त भएको हुनु पर्दछ । त्यस्तै सामाजिक कुप्रथाको अन्त्य, सबै बालबालिका विद्यालय गएको, सडक बालबालिका शून्य, बालसञ्जाल गठन, विद्यालय तथा स्वास्थ्य व्यवस्थापन समितिमा बालक्लवको प्रतिनिधित्व, बाल भेला भई आएका योजनाहरू समावेश भएको लगायतका कार्य हुनुपर्ने निर्देशिकामा उल्लेख छ । न्युनतम रुपमा ५१ वटा सुचक पुरा भएको बाल कल्याण अधिकारी याम मेघासीले जानकारी दिनुभयो । मोदी गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल गौतम ले बालबालिकाको समग्र वृद्धि विकासलाई प्राथमिकतामा राखेर गाउँपालिकाले योजना तर्जुमा गर्ने बताउनुभयो । न्ययम लभष्नजदयचक ष्लतभचलबतष्यलब िलभउबकिो आर्थिक सहयोगमा सोडेक नेपाल र मोदी गाँउपालिकाको समन्यमा हुन लागेको बालमैत्री वडा घोषणाका लागि सरोकारवालाहरुको प्रतिबद्ता सम्बन्धी छलफल कार्यक्रममा राजनिती दलका प्रतिनिधि , स्वास्थ्य क्षेत्र, विद्यालयका प्रध्यानध्यापक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ,शिक्षक,विद्यार्थी बाल क्लबका सदस्य तथा पदाधिकारी, महिला समुहका अध्यक्ष लगायतकाले प्रतिबद्ता गरेका छन ।