काठमाडौं ।
मोरिससविरुद्ध तनावपूर्ण बनेको मैत्रीपूर्ण दोस्रो खेलमा नेपाल विजयी भएको छ । घरेलु मैदान दशरथ रंगशालामा भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल १–० ले विजयी भएको हो । नेपालको जितमा सुजन श्रेष्ठको गोल निर्णायक बन्यो ।
खेलको १० औं मिनेटमा पुजन उपरकोटीको पासमा सुजल श्रेष्ठले गोल गर्नुभएको हो। मोरिसस विरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा तीन खेलाडी र एक अफिसियलले पहेंलो कार्ड पाएका हुन् ।

नेपालका एक र मोरिससका दुई खेलाडीले रातो कार्ड पाएका हुन् । नेपाल १० खेलाडीमा हुँदा मोरिससको टिममा ९ खेलाडी थिए । खेलका क्रममा विवाद भएपछि मैदान छिरेका नेपालका अफिसियल विकास मल्ललेसमेत रातो कार्ड पाउनुभएको हो ।

नेपालका पुजन उपरकोटी दोहोरो पहेंलो कार्ड पाएर मैदान छोड्न बाध्य हुनुभएको हो भने मोरिससका दुई खेलाडीले रातो कार्ड पाउँदा टोली ९ खेलाडीमा सीमित भएको थियो ।

नेपाली टिमका क्याप्टेन एबम् गोल किपर किरण चेम्जोङ खेलको म्यान अफ दि म्याच घोषित हुनु भएको छ । उहाँले खेलमा पेनाल्टी सेभ गर्नु भएको थियो । यसअघि शनिबार भएको पहिलो खेलमासमेत नेपाल १ शून्यले विजयी भएको थियो । शनिबारको खेलमा नेपालका लागि विमल घर्तीमगरले निर्णायक गोल गर्नुभएको थियो ।