राम्जा तिलाहार स्वास्थ्य चौकीमा निशुल्क आँखा शिविर सम्पन्न

मोदी, पर्वत ।

मोदी गाउँ पालिका वडा नं ६ मा रहेको राम्जा तिलाहार स्वास्थ्य चौकीले स्वर्ण जयन्तिको अवसरमा शनिबार निशुल्क आँखाशिबिर सञ्चालन गरेको छ|

सो शिविरमा ३ सय ८१ जनाको आँखा परिक्षण गरिएको थियो भने १ सय ११ जनालाई चश्मा वितरण गरिएको थियो ।

उक्त शिविरमा ३ सय जनालाई निशुल्क औषधि वितरण गर्नुका साथै मोतियाबिन्दु लगायत अन्य थप उपचारको लागि पर्बत जिल्ला अस्पताल र हिमालय आँखा अस्पताल पोखराको लागि रिफर गरिएको थियो ।

वडाध्यक्ष दिपेंद्रजंग लामिछानेकाे अध्यक्षतामा भएको  कार्यक्रमको प्रमुख अतिथि मोदी गाउपालिका अध्यक्ष हिरा देबी शर्मा रहनु भएको थियो|

उक्त कार्यक्रमको संचालन स्वर्ण महोत्सव आयोजक समितिका सचिब बिक्रम भुवाजीले गर्नुभएको थियो भने स्वागत मन्तब्य समितिका संयोजक मोहन थापाले राख्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *