राष्ट्रपति पौडेलद्वारा मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्ने अध्यादेश जारी

पर्वत ।

राष्‍ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका छन्। राष्ट्रपति पौडेल र अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीबिच भेटवार्ता भए लगत्तै मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी भएको हो।

राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले राष्‍ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेको जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *