मोदी ,पर्वत ।
जिल्लाको मोदी गाउँपालिकाले फागुन २७ गते देखि ३० गते सम्म राष्ट्रिय सभा अध्यक्ष कप प्रतियोगीता कार्यक्रमको आयोजना गर्ने भएको छ । विगतका बर्षहरु देखि नै आयोजना हुँदै आएको प्रतियोगिताको अध्यक्ष तिमिल्सिनाले भोलि शनिबार उदघाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
मोदी गाउँपालिकाको पर्यटकीय गाउँ भुकदेउरालीमा आयोजना गरिएको उक्त प्रतियोगीता तिमिल्सिनाको सम्मान स्वरुप तेस्रो पटक आयोजना हुँदैछ ।
प्रतियोगीतामा पर्वत जिल्ला अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता, खुल्ला महिला भलिबल प्रतियोगिता, एकल नृत्य प्रतियोगिता, शिक्षक हाजिरी जवाफ प्रतियोगिता, रत्यौली प्रतियोगिता लगायतका कार्यक्रमहरूको आयोजना गरिएको गाउँपालिकाले जनाएकाे छ।
