राष्ट्र बैंकको कामु गभर्नरमा निलम ढुंगाना

काठमाडौं ।

नेपाल राष्ट्र बैंकको कामु गभर्नरमा निलम ढुंगाना नियुक्त हुनु भएको छ ।वरिष्ठ डेपुटी गभर्नर रहेकी ढुंगानालाई उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले कामु गभर्नरको जिम्मेवारी तोक्नु भएको हो ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उनलाई कामुको जिम्मेवारी दिइएको अर्थ मन्त्रालयले जनाएको छ ।

राष्ट्र बैंकका गभर्नर पदबाट महाप्रसाद अधिकारीले गत शुक्रबार नै बिदा लिनु भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *