लायन्सद्धारा अपाङ्ग व्यक्तिहरूलाई न्यानो कपडा बितरण

पोखरा ।
लायन्स क्लब  अन्तर्राष्ट्रिय  डिष्ट्रिक ३२५ बि १ नेपाल  क्ल्स्टर ३ अन्तर्गतका १३ वटा लायन्स क्लबहरुको संयुक्त आयोजनामा नेपाल अपाङ्ग संघ केन्द्रीय कार्यालय पोखरामा ५० जना अपाङ्ग  व्यक्तिहरूलाई जाडोको लागि न्यानो कपडा बितरण कार्यक्रम  शनिबार सम्पन्न भएकाे छ।
साे कार्यक्रममा  प्रमुख अतिथि क्याबिनेट ट्रेजरर लायन पृथ्वीराज तिमिल्सिना, अतिथि नेपाल अपाङ्ग संघका अध्यक्ष बुद्दि बहादुर पन्त, रिजन चियर पर्सन लायन झम्कनाथ पोखरेल, जोन चियर पर्सन डासिराम सापकोटा,   युबराज खनाल, जि एन पाण्डे लगायतकाे उपस्थिति रहेकाे थियाे ।
May be an image of 12 people, people standing and outdoors
उक्त कार्यक्ममा लायन्स क्लब अफ  पाेखरा भद्रकालीका अध्यक्ष कृष्ण प्र. शर्मा तिमिल्सिना, फेवा फिस्टेल सिटिका भुमि जंग के सी, डल्फिनका  पदम लाल श्रेष्ठ , पेनगुईनका  ज्ञान बहादुर राना, पिस सिभिकका रामकृष्ण तिवारी, अभियानका  डिलाराम लामिछाने पिस प्याराडाईजका  तारा नाथ ढुङ्गाना, लेक सिटीका चिन्तामणी पोखरेल, माउन्टेन सिटीका मोहदत्त भुसाल,  पोखरा बाराही टाउनका सुकमाया गुरुङ्ग, फेवालेक सिटीका भिम गौतम, चौतारी बिन्दबासिनिका केशब राज शर्मा गतिसिल स्टारका केशब शर्मा सापकोटा लगायतकाे सहभागिता रहेकाे थियाे ।
क्लस्टर प्रमुख बसन्तराज सिग्देलले संयोजन गर्नु भएको उक्त कार्यक्रमको संचालन जोन चियरपर्सन युवराज पाण्डेले गर्नु भएको थियो ।
May be an image of 9 people, people standing, outdoors and tree

Leave a Reply

Your email address will not be published. Required fields are marked *