लिदीखोला पक्की पुलको मन्त्री केसीद्वारा उद्घाटन

पर्वत ।

जिल्लाको मोदी गाँउपालिका वडा नं ६ मा नव निर्मित लिदी खोला पुलको आज एक समारोहका बीच उद्घाटन गरिएको छ । मोदी गाउँ पालिकाको आयोजना तथा पुर्वाधार विकास कार्यालय, पर्वतको समन्वयमा डिमुवा- राम्जा सडक अन्तर्गत लिदिखोला सडक पुल गण्डकी प्रदेश सरकारका भौतिक पुर्वाधार मन्त्री  प्रकाश बहादुर केसीले उद्घाटन  गर्नु भएको हो ।

पूर्वाधार विकास कार्यालय पर्वतले उक्त खोलामा पुल निर्माणको लागि निर्माण ब्यवसायीसंग सम्झौता गरेको थियो।निर्माण ब्यवसायीसंगको सम्झौताको १८ महिना नपुग्दै पुलको निर्माण कार्य सम्पन्न भएको छ। पुल निर्माण सम्पन्न भएपछि डिमुवा देखि तिलाहार हुँदै राम्जा सडकको यात्रा सहज भएको छ ।बर्षातको समयमा लिदी खोलाको बहाव ठूलो हुँदा यात्रा कष्टकर हुने गरेको थियो ।

कस्तुरी कन्स्ट्रक्सन सर्भिसले पुलको निर्माण कार्य सम्पन्न गरेको हो ।पुल निर्माण कार्य निर्धारित मिति भन्दा ९ महिना अघि नै सम्पन्न भएको थियो । १५मिटर लामो उक्त पुलको निर्माणका लागि निर्माण कम्पनीसंग कुल २ करोड ५३ लाख ३९ हजा ३ सय ४७ रुपैंयामा ठेक्का सम्झौता भएको थियो । पक्की पुलको  निर्माण पछि मोदी गाउँ पालिकाको राम्जा, चित्रे तथा कुस्मा नगरपालिकाको पकुवा, आर्थर लगायतका बासिन्दाहरु लाभान्वित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *