पर्वत ।
मोदी गाँउपालिका ४ क्याङको टिमुरेमा लिस्तुन खोला झोलुंगे पुलको आईतबार शिलान्यास गरिएको छ । बाजुङ र क्याङ जोड्ने झोलुंगे पुलको शिलान्यास मोदी गाँउपालिकाका अध्यक्ष हिरा देवी शर्माले गर्नुभएको हो ।
पुलको शिलान्यास गर्दै अध्यक्ष शर्माले पालिकाको पहिचानलाई झोलुंगे पुलसँग जोड्ने प्रयास गरेर मन्त्रालय सहित विभिन्न निकायमा पहल गरेको बताउदै ,आवश्यक साम्रगी, प्राविधिक सहितको जनशक्तिमा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाउनु भयो । साथै पुल निर्माण कार्यलाई छिटो छरितो र चुस्त दुरुस्त बनाउन पनि आग्रह गर्नुभयो । ४४ लाखको लागतमा निर्माण हुन लागेको पुल ७३ मिटर लामो हुनेछ ।
शिक्षा, स्वास्थ्य सहितका सेवा, सुविधा प्रयोग गर्न करिब ३ घन्टा पैदल हिँडेर जानु पर्ने बाध्यता अन्त्य गर्ने पुल निर्माण समितिका अध्यक्ष चाम बहादुर पुनले बताउनुभयो । साथै वडामा फल्ने तरकारी (लाखुटो) टिपेर बजार सम्म पुर्याउन सहज हुने अध्यक्ष पुनले बताउनुभो।
पुल खुर्कोट युवा क्लबको सहयोगमा निर्माण हुन लागेको हो । शिलान्यास कार्यक्रमा नेकपा एमाले गाँउपालिकाका अध्यक्ष तेज बहादुर क्षेत्री, देउपुर वडा नं २ का निवर्तमान वडा अध्यक्ष विकास तिमिल्सिना, सव-ईन्जिनियर बेल प्रसाद शर्मा,दिपा सुबेदी, लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।