लैङ्गिक हिंसाविरुद्वको १६ दिने अभियान भोलिदेखि सुरु हुने

काठमाडौं।

‘घरैबाट शुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने मूल नाराका साथ बिहीवार(भोलिणदेखि लैंगिक हिंसा विरुद्वको १६ दिने अभियान शुरु हुने भएको छ ।

७५ प्रतिशत हिसां घर, नजिकका आफन्तबाट हुने गरेको पाइएकोले मूल नारा ‘घरैबाट शुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ राखिएको राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले बताइन्। हिंसामा परेकाहरुले न्याय पाउन सुनिश्चित नभएको र घर परिवारसँग सम्बन्ध बिग्रिन्छ भन्ने डरले महिलाहरु हिंसा उजुरी गर्न समेत नआउने बताइन् ।

बुधबार कार्यक्रमबारे जानकारी दिँदै आयोगकी अध्यक्ष पराजुलीले विश्व अपाङ्गता दिवस (डिसेम्बर३) को अवसर पारेर अपाङ्गता भएका महिलाहरुको हक अधिकार संरक्षणका विषयमा सरोकारवाला निकायबीच अन्तरक्रिया गर्ने, नेपाल पक्ष रहेका महिलाविरुद्घ हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धी सीड तथा अन्य अन्र्तराष्ट्रिय दस्तावेजहरुको कार्यन्वयन सम्बन्धी अन्र्तक्रिय गर्ने, समाजमा विद्यमान छाउपडी कूप्रथा, बालविवाह, दाईजो लगायत कूप्रथा अन्त्यका लागि कर्णाली, सुदुरपश्चिम प्रदेश तथा मधेश केन्द्रित अन्तरक्रिया कार्यक्रम गर्ने योजना रहेको बताइन् ।

त्यस्तैगरी योगमायाले नेपाली महिला आन्दोलनको शंखघोष गरेको भोजपुरको मझुवाबेसी तथा संखुवासभाको तुम्लिङटारमा लैंगिक हिंसा विरुद्घको अन्तरक्रियात्मक कार्यक्रम, बालविवाह, प्रजनन स्वास्थ्य गर्भपतनको विषयमा सचेतनामूलक कार्यक्रम (अन्र्तराष्ट्रिय मर्यादित महिनावरी दिवस) गर्ने जनाएको छ ।

कार्यक्रममा आयोगकी सदस्य कृष्ण कुमारी पौडेल खतिवडाले लिङ्ग पहिचान गरि भु्रण हत्या, साइबर क्राइम अहिले बढ्दै गएको बताइन् । उनले भनिन्, ‘अहिले भ्रूण हत्या, साइबार क्राइमजस्ता अपराध बढेको देखिन्छ ।’ साथै कोरानाको कारण भएको बन्दाबन्दीको समयमा शैक्षिक संस्था नखुल्दा विद्यार्थीहरु अनलाइन हिंसामा परेको उनको भनाइ छ ।

२०७५ साल मंसिर २ गते बसेको मन्त्रिपरिषद बैठकले नेपालमा मंसिरको ९ गतेदेखि २४ गतेसम्म सामाजिक सचेतनासहित लैंगिक हिंसा विरुद्घको अभियान सञ्चालन गर्न संघीय सरकारका मन्त्रालय तथा निकायहरु, ७ वटा प्रदेश सरकार, ७७ वटै जिल्ला समन्वय समिति, ७५३ स्थानीय तह एवं त्यसका वडाहरु सरोकारवाला निकायहरु, सामाजिक संघसंस्थाहरुलाई आह्वान गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार सबै निकायहरुले विभिन्न कार्यक्रमको आयोजना गरी लैंगिक हिंसा विरुद्वको १६ दिने अभियान सञ्चालन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *