विद्यालयलाई आर्थिक तथा शैक्षिक उपकरण सहयोग

पर्वत । पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा अवस्थित दुई वटा विद्यालयलाई आर्थिक तथा शैक्षिक उपकरण सहयोग प्राप्त भएको छ । जिल्लाको जलजला गाउँपालिका अध्यक्ष एवम् नेपाली काँग्रेस पर्वतका कोषाध्याक्ष याम वहादुर मल्ल र नेपाली काँग्रेसकी महासमिति सदस्य एवम् महिला नेत्री राधा कुमारी कुवँर क्षेत्रीले विद्यालयलाई सहयोग गर्नुभएको हो ।

अध्यक्ष मल्लले जनकल्याण प्राविलाई ल्यापटप र महासमिति सदस्य क्षेत्रीले जनकल्याण माविलाई पचास हजार रुपैयाँ सहयोग गर्नुभएको हो । विद्यालयमा एक कार्यक्रमको आयोजना गरेर उक्त सामग्री हस्तान्तरण गर्नुभएको जनकल्याण प्राविका शिक्षक उमाकान्त बस्नेतले जानकारी दिनुभयो ।

May be an image of 5 people, people sitting, people standing and outdoors

 

सहयोग हस्तान्तरण कार्यक्रममा  मल्लले बिद्यालयहरुमा गुणस्तरीय शिक्षाका निम्ति राम्राे भौतिक संरचना र प्रविधिमैत्री शिक्षा हुनुपर्ने बताउनु भयाे । अवको शिक्षा नीति  स्वरोजगारमुखी हुनुपर्नेमा जोड दिदै मल्लले नयाँ नयाँ प्रविधिमार्फत शैक्षिक सुधारमा लाग्न आवश्यक देखिएको धारणा राख्नुभयो ।

नेपाली काँग्रेसकी महासमिति सदस्य एवम् प्रभावशाली युवा नेतृ राधाकुमारी क्षेत्रीले पनि शिक्षालाई गुणस्तरीय बनाउन  राज्यले पनि विशेष ध्यान दिनुपर्ने बताउनुभयो । राजनीति गर्नेहरुले पनि शैक्षिक विकास र गुणस्तरीय शिक्षा सुधारमा ध्यान दिनुपर्ने स्पष्ट पार्दै अन्य विकासभन्दा पहिला शैक्षिक विकासलाई अग्रभागमा राखेर काम गर्न आग्रह गर्नुभयो ।

May be an image of 7 people, including Rajendra Chhetri, people sitting, people standing and outdoors

 

जलजला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले सामुदायिक बिद्यालयहरुमा सरकारको ठुलो लगानी भएपनि राम्रो ब्यवस्थापन हुन नसक्दा शैक्षिक गुणस्तर सोचेअनुरुप प्राप्त हुन नसकेको बताउनुभयो । उहाँले विगतमा पर्वत जिल्लामा बर्षौसम्म पनि हुन नसकेका शैक्षिक क्षेत्रका काम आफु झण्डै डेढ महिना तत्कालिन जिल्ला शिक्षा कार्यालयको शिक्षा अधिकारी हुँदा गरेको भन्दै अवको शैक्षिक नीति नै प्रविधिमा जोड दिने खालको हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस पर्वत ख का क्षेत्रिय सदस्य दुर्गादत्त तिवारी ‘बावु’, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य छविलाल तिवारी, नेपाल पत्रकार महासंघ पर्वतका पूर्व अध्यक्ष एवम् रेडियो शालिग्रामका स्टेशन म्यानेजर ओमप्रसाद घायल, नेपाल तरुण दल फलेवास नगरपालिका नगरकार्य पालिकाका सभापति दिनेश लामिछाने लगायतको उपस्थिति रहेको थियो । जनकल्याण माविका अध्यक्ष भिमवहादुर खड्काको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य  जनकल्याण प्राविका सह–प्रधानाध्यापक जायश्वर पराजुली र कार्यक्रमको संचालन शिक्षक उमाकान्त बस्नेतले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *