विद्यालय शिक्षा विधेयकको प्रतिवेदन लेख्न १० दिनको समय समय थप

काठमाडौं ।

विद्यालय शिक्षा विधेयकको प्रतिवेदन लेख्न समय थप गरिएको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले प्रतिवेदन लेख्न उपसमितिलाई १० दिनको समय दिएको हो । उपसमिति संयोजक छविलाल विश्वकर्माले १० दिनको समय दिन बैठकमा प्रस्ताव राखेका थिए । त्यसमा समितिले पारित गरेको हो । गत चैत ८ गते समितिले उपसमितिलाई ३५ दिनको समय दिएको थियो । उपसमिति संयोजकका अनुसार ३९ वटा बैठक बसेको छ ।

विधेयकमा विभिन्न १५ वटा परिच्छेद र १६३ वटा दफा छ । १७५८ वटा बुँदामा दर्ता भएका संशोधन प्रस्ताव परेको थियो । शिक्षक महासंघ र सरकारबीच १५ असारभित्र ऐन जारी गर्ने सहमति भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *