मोदी, पर्वत ।
दलित सशक्तिकरण तथा अभिमुखीकरण कार्यक्रम मोदीमा आयोजना गरिएको छ । समाजमा भएका विभेदहरुको अन्त्य गर्नका लागि , दलित समुदायको संवैधानिक व्यवस्थाहरुको बारेमा जानकारी गराउन यस कार्यक्रमको आयोजना गरिएको हो ।
मोदी गाउपालिका २ देउपुरमा आयोजना भएको यस कार्यक्रमका प्रमुख अतिथि मोदी गाउपालिकाका अध्यक्ष हिरा देवी शर्माले जातजाति ,रङ,महिला ,पुरुष जस्ता विभेदहरुको अन्त्य गर्नुपर्ने बताउनु भयो । उहाँले एउटा सिङ्गो माला विभिन्न थरीका फुलहरुले सजाए जस्तै मानव जाति पनि सजिएर विभेदको अन्त्य गरी विकास निर्माणमा लाग्नु पर्ने कुरामा जोड दिनुभयो।
कार्यक्रमको प्रशिक्षक अधिकारकर्मी निर्मल नेपालीले गर्नुभएको थियो। नेपालीले दलित समुदायको पहिलाको अवस्था र अहिलेको परिवेश सम्मको बिषयमा छलफल गराउनुभएको थियो ।
नेपाल उत्पीडित जातीय मुक्ति समाज पर्बतका जिल्ला अध्यक्ष चन्द्र बि .कले मोदी गाँउपालिकाले दलित समुदायको लागि गरेको परिवर्तनको बारेमा चर्चा गर्नुभएको थियो ।
दलित सशक्तिकरण तथा अभिमुखीकरण कार्यक्रममा सबै जातजातीका मानिसहरुको उपस्थिति रहेको थियो । जेठ २२ गतेबाट सुरु भएको अभिमुखीकरण कार्यक्रम प्रत्येक वडाहरुमा गरिने भएको छ ।
जेठ २२ गते भुकबाट सुरुभएको यस कार्यक्रम २३ गते देउपुर र क्रमश जेठ २९ गते सम्म चलिरहने मोदी गाँउपालिका महिला तथा बालबालिका शाखा प्रमुख शोभा देवी शर्माले बताउनुभयो ।