एन्जल डी मारियाले ३६औं मिनेटमा गरेको गोलसँगै फिफा विश्वकपको फाइनलमा फ्रान्सविरुद्ध अर्जेन्टिनाले २–० को अग्रता बनाएको छ। अलेक्सिस म्याक अलिस्टरले दिएको पासलाई डी मारियाले उत्कृष्ट फिनिसिङ गर्दै अग्रता दोब्बर पारेका हुन्।
यअसघि कप्तान लियोनेल मेसीको गोलमा अग्रता लिएको थियो। मेसीले पेनाल्टीमार्फत २३औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए।
ओसुमाने डेम्बेलेले एन्जल डी मारियालाई फाउल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो।